Home » » राष्ट्रपतिको भारत भ्रमण गैरजिम्मेवापूर्णः बैद्य माओवादी

राष्ट्रपतिको भारत भ्रमण गैरजिम्मेवापूर्णः बैद्य माओवादी

kisan | 3:43 PM | 0 comments
९ पुस, काठमाडौं । नेकपा-माओवादीले सोमबारबाट सुरू भएको राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणलाई गैरजिम्मेवारपूर्ण बताउँदै भ्रमण स्थगन गर्न माग गरेको छ ।
भ्रमणको पूर्वसन्ध्यामा सोमबार माओवादी प्रवक्ता पम्फा भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ-’देशमा राजनैतिक सङ्कट र अन्यौल रहेका बेला राष्ट्रपतिको भारत भ्रमण असान्दर्भिक र गैरजिम्मेवारीपूर्ण छ । यो भ्रमण स्थगित गरेर सबै राजनैतिक पार्टीहरुसँग छलफल गरेर सार्थक निश्कर्ष निकाल्न हाम्रो पार्टी माग गर्दछ ।’
भुसालको वक्तव्यमा नेपाली जनताले नेपालको दैनिक राजनीतिमा समेत भारतीय शासक वर्गको हस्तक्षेप महसुस गरिरहेको बेला यो भ्रमण सन्देहको घेरामा पर्न सक्ने कुराप्रति राष्ट्रपतिलाई गम्भीरतापूर्वक ध्यान दिन भनिएको छ ।
विद्यमान राजनैतिक सङ्कट निकासका लागि सर्वपक्षीय सहमति खोज्नुभन्दा पनि तीन दल र मधेशी मोर्चाको गोलचक्करमा राजनीति घुमाइरहने राष्ट्रपतिको पछिल्लो प्रयत्नलाई पार्टीले गम्भीरतापूर्वक लिएको माओवादीले बताएको  छ । राष्ट्रपतिको यो कदमलाई अलोकतान्त्रिक प्रक्रियाको अभ्यास बताउँदै यही कारणले सोमबार डाकिएको विघटित संविधानसभामा उपस्थित दलहरुको बैठकमा सहभागी नभएको प्रवक्ता भुसालको प्रष्टोक्ति छ ।
‘सम्पूर्ण राजनीतिक प्रक्रियाको समीक्षा नै नगरी राष्ट्रपति महोदयले तीनै दलहरु र मोर्चाहरुका शीर्ष नेताहरुबाट राजनैतिक सङ्कटको निकास निकाल्ने प्रयासप्रति हाम्रो गम्भीर असहमति रहँदै आएको हो । तीनदल र मोर्चाका असफल शीर्ष नेताहरुबाट सही निर्णय निस्कन नसक्ने र तिनीहरुको निश्कर्ष राष्ट्रिय सहमतिसमेत हुन नसक्ने स्वतः छ ।’ नेतृ भुसालको वक्तव्यमा भनिएको छ ।
Courtesy : onlinekhabar.com

Share this article :

0 comments:

Post a Comment

 
Support : Log Back | समाचार | Goto
Copyright © 2011. KISAN Infotainment...... - All Rights Reserved
Template Modify by KISAN Infotainment
Proudly powered by test