Home » » संसदभित्र सोनिया गान्धीको शक्ति चलेन

संसदभित्र सोनिया गान्धीको शक्ति चलेन

kisan | 11:09 PM | 0 comments

नयाँ दिल्ली, पुस ४ (एजेन्सी) - भारतीय संसदको तल्लो सदनमा आज मन्त्रीको हातबाट विपक्षीले विधेयक खोस्दा हङ्गामा भएको छ। हङ्गामाका कारण संसद बैठकै स्थगित गर्नुपर्‍यो। मन्त्री भि नारायणस्वामीले प्रमोसनको कोटा विधेयक वाचन गरिरहँदा समाजवादी पार्टीका एक सांसदले हातैबाट खोसेका थिए। मन्त्री नजिकै बसिरहेकी कंग्रेस अध्यक्ष सोनिया गान्धीले उसको हातबाट कागज खोस्न खोजेकी थिइन्, तर सकिनन्। यत्तिकैमा कंग्रेसका अरु सांसद आफ्नी अध्यक्षको सहयोगका लागि अघि बढे। यस्तै होहल्लाबीच संसद बैठकै स्थगित गर्न सभामुख बाध्य भए। कंग्रेस नेतृत्वको गठबन्धन सरकारलाई बाहिरबाट समर्थन गरिरहेको भए पनि समाजवादी पार्टी यो विधेयकको विरोधमा छ। राज्यसभाले पास गरिसकेको भए पनि पार्टी यो विधेयक लोकसभाको यो अधिवेशनमा पास नहोस् भन्ने चाहन्छ। अधिवेशन भोलि सकिँदैछ।

Share this article :

0 comments:

Post a Comment

 
Support : Log Back | समाचार | Goto
Copyright © 2011. KISAN Infotainment...... - All Rights Reserved
Template Modify by KISAN Infotainment
Proudly powered by test