रौतहट, पुस ४ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई तत्काल हिन्दु राज्य घोषण नगरे देशमा धार्मिक युद्ध सुरु हुने चेतावनी दिनुभएको छ । धार्मिक रथ यात्राका क्रममा रौतहटको गौर पुगेका थापाले जनताको सहमति बिना धर्म निरपेक्षता घोषणा भएकोले नेपालमा धार्मिक युद्ध कसैले नकार्न नसक्ने दावी गर्नुभयो । ‘एकै रातमा नेपालाई हिन्दु राज्यबाट धर्म निरपेक्ष बनाउदा राजनीति गरेको नहुने तर हामीले नेपाललाई हिन्दु राज्य राज्य कायम गर्न रथ यात्रा गर्दा राजनीति गरेको आरोप लाग्ने गरेको छ’, थापाले भन्नुभयो, ‘हिन्दु राज्यको वकालत गर्नु हाम्रो धार्मिक स्वतन्त्रता हो ।’ हिन्दु राज्यको पहिचान समाप्तीसंगै नेपालमा विभिन्न धर्मको बिचमा अविश्वास बढेको उहाँको भनाई छ । नेपाललाई सनातन धर्म सहितको हिन्दु राष्ट्र घोषणा गराएरै छाडने उहाँको भनाई छ । जनकपुरबाट सुरु रथयात्रा आज तेश्रो दिन रौतहट आइपुगेको हो । भोलि विरगञ्जमा रथयात्रा हुने छ । रथयात्रा ११ गते पशुपतिनाथको मन्दिरमा गएर सम्पन्न हुने छ ।
कमल थापाद्वारा धार्मिक युद्धको चेतावनी
kisan | 11:12 PM | 0
comments
Related posts:
If you enjoyed this article just click here, or subscribe to receive more great content just like it.
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment