Home » » रोहित शर्माले बनाए एकै इनिङमा सर्वाधिक रनको कीर्तिमान

रोहित शर्माले बनाए एकै इनिङमा सर्वाधिक रनको कीर्तिमान

kisan | 12:15 AM | 0 comments
भारतीय व्याट्सम्यान रोहित शर्माले एकदिवसीय क्रिकेटमा एकै इनिङमा सर्वाधिक रनको कीर्तिमान बनाएका छन् । उनले श्रीलंकाविरुद्ध २६४ रन बनाएका छन् ।

रोहितको कीर्तिमानको मदतमा भारतले चौथो एकदिवसीयमा भारत १५३ रनको फराकिलो अन्तरले विजयी भएको छ ।

श्रीलंकाविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा रोहितले भारतका वीरेन्द्र सेहवागको नाममा रहेको २१९ रनको कीर्तिमान तोडे ।

अन्तिम बलमा भने क्याटआउट भएका रोहितले १७३ बलको सामना गरेका उनले ३३ चौका र ९ छक्का हाने ।

एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने तीनै व्याट्सम्यान भारतीय छन् । रोहितसँगै सेहवाग र सचिन तेन्दुलकरले दोहोरो शतक बनाएका छन् । सचिनले २०० रन बनाएका छन् ।

रोहितले सन् २०१३ को नोभम्बर २ मा अष्ट्रेलियाविरुद्ध २०९ रन बनाएका थिए ।

रोहितको दोहोरो शतकसँगै भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४०४ रन बनायो । जवाफमा श्रीलंका ४३.१ ओभरमा २५१ रन बनाउादा अल आउट भयो ।
Source : www.onlinekhabar.com
Share this article :

0 comments:

Post a Comment

 
Support : Log Back | समाचार | Goto
Copyright © 2011. KISAN Infotainment...... - All Rights Reserved
Template Modify by KISAN Infotainment
Proudly powered by test